खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
बुधबार, १३ फागुन २०८२, ०१ : ४७
सारांश
- निर्वाचनको समयमा खाद्य तथा पेय पदार्थमा कालोबजारी र ठगीको गुनासो बढेको छ।
- जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ।
- विभागले २० वटा फर्मको अनुगमन गर्दा १९ वटालाई सुधारात्मक निर्देशन दिएको छ।
काठमाडौँ । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ ।
विभागले अनुगमनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको हो ।
विभागले एकै दिन कूल २० वटा फर्ममाथि अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा अनुगमन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारबाहीको दायरामा ल्याइएको विभागले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण