बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० विश्वकप सुपर-८

‘गर या मर’को खेलमा कोलम्बोमा न्युजिल्यान्डसँग भिड्दै श्रीलंका

बुधबार, १३ फागुन २०८२, १० : ४०
बुधबार, १३ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपमा श्रीलंका र न्युजिल्यान्डबीचको खेल कोलम्बोमा हुँदैछ।
  • न्युजिल्यान्डले टी-२० अन्तर्राष्ट्रिय खेलमा श्रीलंकालाई १६ पटक जितेको छ।
  • आर प्रेमदासा स्टेडियमको पिच स्पिन बलिङका लागि राम्रो मानिन्छ।
00:00 / NaN:NaN
Audio By AI

कोलम्बो । टी-२० विश्वकपको सुपर-८ चरणको छैटौँ खेल आज श्रीलंका र न्युजिल्यान्डबिच खेलिँदैछ। यो खेल कोलम्बोको आर. प्रेमदासा स्टेडियममा बेलुका ७:१५ बजे सुरु हुनेछ ।

श्रीलंका र न्युजिल्यान्डबिच हालसम्म २८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा न्युजिल्यान्डले १६ र श्रीलंकाले ६ खेलमा मात्र जित हात पारेको छ। २ खेल टाई भएका छन् भने एक खेल नतिजाविहीन बनेको थियो।

दुई टोलीबिच पछिल्लो टी-२० सन् २०२५ मा भएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै श्रीलंकाले २१८ रन बनाएको थियो भने न्युजिल्यान्ड २११ रनमा समेटिएको थियो।

पाथुम निसान्का श्रीलंकाका शीर्ष ब्याटर

Pathum Nissanka

यस प्रतियोगितामा पाथुम निसान्काले श्रीलंकाका लागि सर्वाधिक रन बनाएका छन्। उनले ५ खेलमा १५४.०७ को स्ट्राइक रेटमा २०८ रन जोडेका छन्। एक इनिङ्समा उनको उत्कृष्ट स्कोर अविजित १०० रन रहेको छ।

त्यस्तै, बलिङतर्फ महेश थिक्क्षणा टोलीका शीर्ष विकेट टेकर हुन्। उनले ५ खेलमा ७.१२ को इकोनोमी रेटमा ८ विकेट लिएका छन्।

न्युजिल्यान्डका लागि साइफर्ट शीर्ष ब्याटर, फर्ग्युसन शीर्ष बलर

न्युजिल्यान्डका लागि टिम साइफर्टले यस प्रतियोगितामा सर्वाधिक रन बनाएका छन्। उनले ४ खेलमा १६७.९६ को स्ट्राइक रेटमा १७३ रन बनाएका छन् जसमा उनको उत्कृष्ट स्कोर अविजित ८९ रन रहेको छ। 

बलिङतर्फ लकी फर्ग्युसन न्युजिल्यान्डका शीर्ष विकेट टेकर हुन्। उनले ४ खेलमा मात्र ९.६७ को इकोनोमीमा ४ विकेट लिएका छन्।

  • जसमा नजर रहनेछ

मिचेल सान्टनर:

Mitchell Santner

यस प्रतियोगितामा खेलिरहेका स्पिनरहरूमध्ये श्रीलंकाविरुद्ध पुरुष टी-२० मा मिचेल सान्टनरभन्दा राम्रो रेकर्ड एडम जाम्पा र आदिल रसिदको मात्र छ। श्रीलंकाविरुद्धका ११ खेलमा उनी दुई पटक मात्र विकेटविहीन बनेका छन् भने ६.३८ को इकोनोमी रेटमा १४ विकेट लिएका छन्  । यो उनको करियरको इकोनोमी ७.२४ भन्दा धेरै कम हो। यद्यपि, सान्टनरले श्रीलंकाको सबैभन्दा स्पिन-मैत्री मैदान आर. प्रेमदासामा खेल्न लागेको यो पहिलो पटक हो, र उनले आफ्नो तथ्याङ्क अझ सुधार्ने अपेक्षा गरिएको छ।

डुनथ वेल्लालगे:

Dunith Wellalage

यस प्रतियोगितामा वेल्लालगेले ७ विकेट लिएका छन्, जुन श्रीलंकाका लागि महेश थिक्क्षणा (८ विकेट) पछिको उच्च हो। इंग्ल्याण्डविरुद्ध उनलाई पावरप्लेमा बलिङ गर्न दिइएको थियो, जहाँ उनले सो स्पेलमा १ विकेट लिएर १६ रन खर्चेका थिए भने इनिङ्सको अन्त्यमा २६ रन दिएर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।

खेल आर. प्रेमदासामा हुन लागेकाले त्यहाँको पिचले उनलाई अझ बढी साथ दिनेछ। श्रीलंकाले उनीमाथि ब्याटिङमा पनि भरोसा गरेको छ, जसका कारण उनलाई दुई पटक ५ नम्बरमा ब्याटिङ गर्न पठाइसकिएको छ।

टोलीको अवस्था

श्रीलंका: इंग्ल्याण्डविरुद्धको खराब ब्याटिङ प्रदर्शनले श्रीलंका निराश पक्कै छ, तर टोलीमा ठूलो परिवर्तन हुने सम्भावना कम छ। अघिल्लो खेलमा कुशल परेराको स्थानमा आएका कामिल मिसाराले पुनः मौका पाउने सम्भावना छ।

sri lanka

श्रीलंकाको सम्भावित प्लेइङ-११ : पाथुम निसान्का, कामिल मिसारा, कुशल मेन्डिस, पवन रत्नायके, दासुन शनाका, कामिन्दु मेन्डिस, डुनथ वेल्लालगे, दुशान हेमन्था, दुष्मन्था चामिरा, महेश थिक्क्षणा, दिलशान मदुशंका।

न्युजिल्यान्ड: पाकिस्तानविरुद्धको खेल वर्षाले रद्द भएपछि थप केही दिन आराम पाएको न्युजिल्यान्डको १५ सदस्यीय टोली पूर्ण रूपमा फिट छ। वर्षाले खेल बिथोल्नुअघि अघिल्लो खेलमा ज्याकब डफीको स्थानमा लकी फर्ग्युसन टोलीमा फर्किने तयारीमा थिए।

413226

न्युजिल्यान्डको सम्भावित प्लेइङ-११ : टिम साइफर्ट (विकेटकिपर), फिन एलन, रचिन रबिन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जिमी निशम, म्याट हेनरी, इश सोढी, लकी फर्ग्युसन।

पिच रिपोर्ट

कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियमको पिच स्पिन बलिङका लागि निकै उत्कृष्ट मानिन्छ। नयाँ बलको साथमा सुरुवाती ओभरहरूमा बल ब्याटमा राम्ररी आउँछ। तर बलले आफ्नो चमक गुमाएपछि मध्य ओभरहरूमा यसले जबर्जस्त स्पिन लिन्छ। यस पिचमा पहिले ब्याटिङ गर्दै १६० रन बनाउनुलाई विजयी स्कोर मानिन्छ।

मौसम पूर्वानुमान

फेब्रुअरी २५ मा कोलम्बोको मौसम गर्मी र आंशिक बदली रहनेछ। पानी पर्ने सम्भावना निकै कम छ। यहाँको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहने अनुमान छ भने वर्षाको सम्भावना ३ देखि ४ प्रतिशत मात्र छ।

तथ्याङ्क र रोचक जानकारी

यस प्रतियोगितामा हालसम्म खेलेका ४ खेलमा न्युजिल्यान्डले प्रति ओभर १०.३७ को रन रेटमा रन बनाएको छ, जुन सबै टोलीहरूमध्ये उत्कृष्ट हो। श्रीलंका ८.९२ को रन रेटसहित पाँचौँ स्थानमा छ।

414048

न्युजिल्यान्डले प्रति विकेट सर्वाधिक ५०.६४ रन जोडेको छ, त्यसपछि वेस्ट इन्डिज ३८.७९ रनसहित दोस्रो स्थानमा छ।

बलिङतर्फ भने न्युजिल्यान्ड सबैभन्दा पुछारमा छ, जसले ४ खेलमा जम्मा १४ विकेट मात्र लिएको छ। श्रीलंकाले ५ खेलमा ३० विकेट लिएको छ भने भारत ४१ विकेटसहित शीर्ष स्थानमा छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप