अखिल क्रान्तिकारी नेपाल कमर्स क्याम्पस समितिको संयोजकमा जैशी नियुक्त
बुधबार, १३ फागुन २०८२, १७ : ०९
काठमाडौँ । अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस समितिको संयोजकमा काशीराम जैशीलाई जिम्मेवारी तोकिएको छ । क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले जैशीलाई मंगलबार जिम्मेवारी तोकेको हो ।
अध्यक्ष पद रिक्त रहेको अवस्थामा संगठनको सांगठनिक निरन्तरता, नेतृत्वको स्पष्टता तथा आन्दोलनात्मक गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन अत्यावश्यक देखिएकोले जैशीलाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ ।
‘तपाईंलाई संगठनको नीति, सिद्धान्त र कार्यक्रम अनुसार सम्पूर्ण गतिविधि सञ्चालन, समन्वय तथा आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने पूर्ण अधिकार प्रदान गरिएको छ । साथै, संगठनलाई विधिसम्मत ढंगले पुनर्संरचना र सुदृढीकरण गर्न क्याम्पस सम्मेलन आयोजना गरी नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइन्छ’, जैशीलाई पठाएको पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण