गुण्डुको जंगलमा एक जना पुरुष मृत फेला
बुधबार, १३ फागुन २०८२, १८ : ३४
काठमाडौँ । भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए ।
कटुन्जे बस्दै आएका थापा सोमबार घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् । घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको बिएडी–६७४० नम्बरको कार र मोबाइल भेटिएको छ । उनी बैंकका कर्मचारी हुन् ।
घरबाट कार्यालय जान्छु भनेर निस्केका थापा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको लागी निवेदन दिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण