रास्वपा नेता राईले छाडे पार्टी
सारांश
- रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरे।
- टिकट वितरणमा असन्तुष्ट रहेका उनले अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्ने बताए।
- २०७९ को चुनावमा राईले कास्की १ बाट १० हजार ९ सय ४१ मत ल्याएका थिए।
पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् ।
टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’
उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

धेरैले उनैलाई यसपालि पनि उम्मेदवार उम्मेदवार ठानेका थिए । सोहीअनुसार उनले तयारी पनि गरिरहेका थिए ।
‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा रिन लगाउनु हो,’ उनले भनेका छन्, ‘पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ । नेता चिन्नुपर्दैन भनेर लागेको हो । त्यो अवस्था अब बाँकी रहेन ।’
अहिले क्षेत्र नम्बर १ मा बालेन समूहबाट खड्कराज पौडेल (गनेस)ले टिकट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
-
स्पेनले थप्यो अर्को गोल
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण