शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता

शुक्रबार, १९ असार २०८३, ०१ : ३९
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनले पहिलो हाफमा अस्ट्रिया विरुद्ध १–० को अग्रता बनाएको छ । खेलको ३६औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका हुन् । 

खेलको पहिलो हाफमा स्पेन मैदानमा पूर्ण रूपमा हाबी देखिएको छ । स्पेनले खेलको गति नियन्त्रणमा राख्दै अस्ट्रियामाथि लगातार दबाब सिर्जना गर्‍यो ।

बल पोसेसनमा स्पेनले ६४ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्न सफल भयो भने अस्ट्रियाको पोसेसन ३६ प्रतिशत मात्र रह्यो । 

पहिलो हाफमा स्पेनले कुल १० पटक पोस्टतर्फ प्रहार गरेकोमा ६ वटा प्रहार अन टार्गेट थिए । अर्कोतर्फ, अस्ट्रियाले केवल २ प्रहार मात्र गर्न सक्यो र तीमध्ये कुनै पनि प्रहार टार्गेटमा पर्न सकेनन् । स्पेनले पहिलो हाफमा ६ वटा कर्नर प्राप्त गर्दा अस्ट्रियाले कुनै पनि कर्नर पाउन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?