नवलपरासीका रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश
बिहीबार, १४ फागुन २०८२, १३ : ४२
सारांश
- नवलपरासीका रास्वपा सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरे।
- प्रतिनिधिसभा निर्वाचनको एक हप्ता अघि उपसभापति विश्वप्रकाश शर्माले उनलाई पार्टीमा स्वागत गरे।
- ठकुरीले रास्वपा छाडेर कांग्रेस रोजेको बताए।
नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे । नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।
ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण