मिथिलाञ्चलको गाउँ गाउँमा जोगिरा सुरु
सारांश
- होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा जोगिरा गाउन सुरु भएको छ, जसमा युवा, वृद्ध र वयस्कहरू सहभागी छन्।
- जोगिराले मनोरञ्जन प्रदान गर्नुका साथै मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
- युवाहरू देशविदेशबाट गाउँ फर्किएर जोगिरामा सहभागी भएका छन्, र यसले भाइचारा र सुमधुर सम्बन्ध बढाउँछ।
महोत्तरी । होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँ गाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु गरिएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँटोलका युवा, वृद्धा र वयस्कहरूको छुट्टाछुट्टै टोली आ–आफ्ना समूहमा विभिन्न प्रकारका जोगिरा गाउने परम्पराअनुसार यस वर्ष जोगिराबाट मनोरञ्जनसहित परम्परा संरक्षण गर्न थालिएको जलेश्वर नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका होलैया (जोगिरा गाउने) रामछविला यादवले बताए ।
विभिन्न प्रकारका लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर मिथिलावासीले जोगिरा गाउन थालेका बताउँदै यसले मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जलेश्वर-२ का विनोद मण्डलले बताए ।
होलीको अवसर पारेर जोगिरा गाउनका लागि युवाहरू देशविदेशबाट आ–आफ्ना गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि मनोरञ्जन प्रदान गर्न थालेको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताए । जलेश्वर–९ का होलैया जीतेन्द्र सिंहले भने, “आफूहरू जोगिरा गाउनका लागि अहिले रातिको बेला घरघरबाट समूहमा जम्मा भएर परम्परा संरक्षण र पुस्तान्तरणमा जुटेका छौँ ।”
जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुरसम्बन्ध निर्माण गर्ने भएकाले रातिको बेला गाउँका चोकचोकमा समूहमा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर– ८ का होलैया रामबाबु चौधरीले बताए ।
महोत्तरीसहित नेपाल र भारतका क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा सुरु भएको जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाउने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण