निर्वाचन आयोगले भन्याे– देशभर मतपत्र पुग्यो
काठमाडाैँ ।यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ ।
आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाइ र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो ।
सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पुर्याइसकिएको उनले बताए । उनका अनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ सुरु गरेको थियो ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । २०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य शुरु गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ ।
उनले भने, ‘२०८२ पुस २२ गतेवाट मतपत्र छपाई शुरु गरी २०८२ फागुन ५ गते निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतपत्र छपाई सम्पन्न गरियो । २०८२ माघ २९ गतेबाट मतपत्र ढुवानी हवाई तथा स्थलमार्गबाट शुरु गरी कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी, लुम्बिनी, गण्डकी, मधेश र वागमती गरि सबै प्रदेशमा निर्वाचन आयोगको कार्ययोजनाअनुसार ढुवानी कार्यसम्पन्न गरिएको छ । समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार गरी जम्मा चार करोड ११ लाख ५३ हजार मतपत्र ढुवानी गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको छ ।’
आयोगले १० लाख ९८ हजार दुई सय नमूना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ । आयोगले निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र तथा नमूना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण