राजनीति
२०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन : गगन थापा
बिहीबार, १४ फागुन २०८२, १५ : ३१
१
सारांश
- गगन थापाले निर्वाचनपछि कांग्रेस सरकारले २०४६ पछिका काण्डको छानबिन गर्ने बताए।
- उनले छानबिनमा दोषी देखिए जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।
- थापाले कांग्रेस सरकारले कुनै पनि काण्ड नगर्ने दाबी गरे।
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।
बिहीबार सुर्खेतमा कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन’, सभापति थापाले भने, ‘ पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’
उनले आफूहरू ती कुराहरू बदल्ने गरी आएको भन्दै पाँच वर्ष परिवर्तन र बदलावको वर्ष बनाउने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण