मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शेफर्डको अर्धशतकमा वेस्ट इन्डिजद्वारा दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

बिहीबार, १४ फागुन २०८२, १७ : ०२
बिहीबार, १४ फागुन २०८२

काठमाडौँ । रोमारियो शेफर्डको अर्धशतको सहयोगमा आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ को दोस्रो खेलमा दुई पटकको विश्व विजेता टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको समान्य लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभर ७ सम्पूर्ण विकेट गुमाउँदै १७६ रन बनायो । वेस्ट इन्डिजका शेफर्डले ५२ रनको अर्धशतकीय पारी खेले ।

३७ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । वेस्ट इन्डिजका लागि अर्धशतक बनाउन एक रनले चुकेका जेशन होल्डरले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४९ रन बनाए ।

त्यस्तै ब्रान्डम किङ्सले २१ रन बनाउँदा शाई होपले १६ तथा शर्फान राउथेफोर्डले १२ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र कोर्बिन बोचले दुई दुई विकेट लिए।

आजको खेलमा जित निकाल्दै दुबै टोली सेमिफाइनलको स्थान पक्का गर्ने योजनामा छन् । आजको खेल जित्ने टोली सेमिफाइनल पुग्नेछ भने पराजित हुने टोलीले अघिल्लो खेलको नतिजा कुर्नु पर्नेछ ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हराएको थियो । त्यस्तै वेस्ट इन्डिजले जिम्बावेमाथि सहज जित निकालेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप