सुमो दुर्घटनामा आठ घाइते, चारको अवस्था गम्भीर
सारांश
- नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना हुँदा आठ जना घाइते भए।
- चार जना गम्भीर घाइते भएकाले उनीहरूलाई काठमाडौँ लगियो।
नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन् । उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । बा प्र०३–००१ज ७७७ नम्बरको सुमो शिवपुरी–५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गाडीका चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण