बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘फरेभर केमिकल’ले पुरुषहरू छिट्टै बुढो हुने

शुक्रबार, १५ फागुन २०८२, १३ : ४४
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • नयाँ अध्ययन अनुसार, पीएफएएस रसायनको कारण ५० र ६० वर्षका पुरुषमा जैविक बुढ्यौली महिलाको तुलनामा छिटो हुन्छ।
  • अनुसन्धानले पुरुषमा पीएफएएस जम्दा टेस्टोस्टेरोन घट्न सक्ने, शुक्रकीटको गुणस्तर बिग्रन सक्ने र क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ।
  • विज्ञहरूले यस अध्ययनलाई कारण-परिणामको रूपमा प्रमाणित गर्न नसकिने बताएका छन्, तर थप अनुसन्धानको आवश्यकता औंल्याएका छन्।

काठमाडौँ । फरेभर केमिकल्स भनेर चिनिने पीएफएएसका कारण ५० वर्ष उमेर समूह र ६० वर्ष उमेर समूहका शुरुआती अवस्थामा रहेका पुरुषमा जैविक बुढ्यौली महिलाभन्दा छिटो हुन सक्ने संकेत नयाँ अध्ययनमा पाइएको छ । 

पीएफएएस अर्थात् परफ्लुरोआल्काइल र पोलिफ्लुरोआल्काइल पदार्थहरू यस्ता रसायन हुन्, जुन वातावरण र शरीरमा धेरै वर्षसम्म नटुटीकन बस्छन् । त्यसैले यी केमिकल फरेभर केमिकल्स अर्थात् सधैँभरि रहने केमिकल भनेर चिनिन्छन् ।

सियाङवेई लि नेतृत्वको अनुसन्धान टोलीका अनुसार वास्तविक उमेरभन्दा शरीरको जैविक उमेर पुरुषहरूमा बढी तीव्र देखिएको छ ।

 ‘पीएफएएस एक्सपोजर र द्रुत एपिजेनेटिक बुढ्यौली बिचको सम्बन्ध ५०–६५ वर्ष उमेरका पुरुषहरूमा सबैभन्दा बलियो थियो ।’ लीले भने । कम उमेरका पुरुष र ६५ वर्षभन्दा माथिका समूहमा यस्तो सम्बन्ध कमजोर र सांख्यिक रूपमा उल्लेखनीय नभएको उनले बताए । महिलामा पनि केही सम्बन्ध देखिए तापनि ती पुरुषको तुलनामा सामान्यतया सानो र कम एकरूप रहेको अध्ययनले जनाएको छ ।

अध्ययनमा संलग्न नरहेकी वैज्ञानिक जेन मन्क्केले यसलाई हर्माेन प्रणालीमा असर पार्ने रसायनहरूमा देखिने लिङ्ग–विशिष्ट प्रभावसँग मेल खाने बताइन् । यस प्रणालीले वृद्धि, मेटाबोलिज्म, मुड र प्रजननजस्ता मुख्य शारीरिक कार्य नियमन गर्छ । अनुसन्धानअनुसार पुरुषमा पीएफएएस जम्दा टेस्टोस्टेरोन घट्न सक्ने, शुक्रकीटको गुणस्तर बिग्रन सक्ने तथा अण्डकोष र मिर्गाैला क्यान्सरको जोखिम बढ्न सक्ने सम्भावना देखिएको छ । यसअघि भएका अध्ययनहरूले भने महिलाले गर्भावस्था, स्तनपान र महिनावारीका कारण केही पीएफएएस छिटो बाहिर निकाल्न सक्ने देखाएका छन् ।

यद्यपि, यो अध्ययनलाई कारण–परिणाम प्रमाणित गर्ने अन्तिम निष्कर्ष मान्न नमिल्ने विज्ञहरूले बताएका छन् । अमेरिकी उद्योग समूह अमेरिकी केमिकल काउन्सिलले अध्ययन खोजपूर्ण तर सानो नमुनामा आधारित रहेको टिप्पणी गरेको छ । परिषद्का अनुसार यसले पीएफएएसले बुढ्यौली गराउँछ भन्ने ठोस प्रमाण दिँदैन, तर थप अनुसन्धानको आवश्यकता भने औँल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप