भ्रष्टाचार मुद्दामा केजरीवालले पाए सफाइ
शुक्रबार, १५ फागुन २०८२, १३ : ५७
नयाँ दिल्ली । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् ।
सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेका थिए भने केही महिना जेलमा बिताएका थिए । अदालतले उनसहित उनका पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ ।
फैसलापछि पत्रकारहरूसँगको संवादमा केजरीवालले भने, “सत्यको विजय भएको छ ।” उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण