एनआरएनए युरोप क्षेत्रीय महिला संयोजकमा बाबा राजेश्वरी थापाद्वारा उम्मेदवारी घोषणा
सारांश
- बाबा राजेश्वरी थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय महिला संयोजक पदको लागि उम्मेदवारी घोषणा गरिन्।
- उनले महिलाहरूको हक, अधिकार, समानता र सशक्तिकरणलाई मुख्य एजेन्डा बनाएकी छन् र श्रमिक महिलाहरूको हितको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
- थापाले एनआरएनएलाई थप प्रभावकारी बनाउन र युरोपमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन जोड दिइन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय महिला संयोजक पदमा बाबा राजेश्वरी थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि डायस्पोराका विभिन्न मुद्दाहरूमा सक्रिय रहँदै आएकी थापाले विशेष गरी महिलाहरूको हक, अधिकार, समानता र सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।
उम्मेदवारी घोषणा गर्दै उनले युरोपमा रहेका नेपाली श्रमिक महिलाहरूको हकहितको रक्षा गर्ने र आवाजविहीन दिदीबहिनीहरूका लागि आफू एउटा सशक्त आवाज बन्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विभिन्न सामाजिक प्लेटफर्ममार्फत नेपाली समुदायको हितमा निरन्तर काम गर्दै आएकी थापाले एनआरएनएलाई थप प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको प्रस्ट पारेकी छन्। 'युरोपमा टुटेका मनहरू जोड्ने, आपसी समझदारी र सहकार्य बढाउने तथा सम्पूर्ण डायस्पोरालाई एकताबद्ध, सशक्त र संगठित बनाउने मेरो स्पष्ट प्रतिबद्धता छ,' थापाले भनिन्।
त्यसैगरी, महिलाहरूको सम्मान, सहभागिता र नेतृत्व सुनिश्चित गर्दै न्यायपूर्ण, समावेशी र उत्तरदायी संगठन निर्माणतर्फ आफू पूर्ण रूपमा समर्पित रहने उनको भनाइ छ।
आफ्नो उम्मेदवारीलाई दृढतापूर्वक अघि बढाउँदै थापाले यस अभियानलाई सफल बनाउन सम्पूर्ण युरोपवासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षासमेत राखेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण