इरान–इजरायल युद्ध
इरानको दक्षिणी प्रान्तमा कम्तीमा ७० जनाको मृत्यु
शनिबार, १६ फागुन २०८२, २० : ५८
तेहरान । दक्षिणी इरानको होर्मोजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका इरानी अर्ध–सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ ।
अधिकारीहरूले बताएको भन्दै एजेन्सीले समाचार छापेको छ ।
होर्मोजगान मेडिकल साइन्सेसका प्रमुखलाई उद्धृत गर्दै मिनाब र जास्क सहरमा आक्रमण हुँदा ठुलो मानवीय क्षति भएको रिपोर्ट गरिएको हो । यसअघि मिनाबस्थित एक प्राथमिक छात्रा विद्यालयमा प्रहार हुँदा ५० भन्दा बढीको मृत्यु भएको खबर आएको थियो ।
उक्त तथ्यांकहरू स्वतन्त्र रूपमा तुरुन्त पुष्टि हुन नसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण