सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सारांश
- सुनसरी र लम्जुङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
- दुहबी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भयो।
- लम्जुङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ, र चालकलाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका-१२ पुर्वकुशाहास्थित सडकमा को.३६ प ३२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बस्ने ६५ वर्षीय गम्भीर लाल उराव र सोही नगरपालिका-१२ बस्ने ६० वर्षीय कैयालाल चौधरीको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका गम्भीर लालको विराट मेडिकल टिचिङ अस्पताल बुढीगंगामा र कैयालालको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी लम्जुङको बेसीशहर नगरपालिका-२ मनकामना टोलस्थित सडकमा ग.३ च ९१३ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीया मंगली सुवेदीको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण