यी हुन् आक्रमणमा मारिएका वरिष्ठ इरानी नेताहरू
आइतबार, १७ फागुन २०८२, १४ : १२
सारांश
- शनिबार अमेरिका र इजरायलद्वारा इरानमा गरिएको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भयो।
- इरानी टेलिभिजनका अनुसार सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी पनि हवाई आक्रमणमा मारिए।
- आक्रमणमा खामेनीका छोरी, ज्वाइँ र नातिनातिनाको समेत मृत्यु भएको सरकारी संचारमाध्यमले जनाए।
तेहरान । अमेरिका र इजरायलद्वारा शनिबार इरानमा गरिएको आक्रमणमा देशका थुप्रै वरिष्ठ व्यक्तित्वहरू मारिएको पुष्टि भएको छ । मारिनेहरूमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी छन् ।
खामेनीको शनिबार बिहान आफ्नै कार्यालयमा मृत्यु भएको बताइएको छ । इरानी टेलिभिजनका अनुसार देशका सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी पनि हवाई आक्रमणमा मारिएका छन् ।
तेहरानले इस्लामिक रिभोल्युशनरी गाड्र्स (क्रान्तिकारी गार्ड) का कमान्डर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको पनि पुष्टि गरेको छ । सरकारी सञ्चारमाध्यमहरूले खामेनीका छोरी, ज्वाइँ र नाति नातिना पनि सोही आक्रमणमा मारिएको जानकारी दिएका छन् ।
गुप्तचर तथा सैनिक स्रोतले सीबीएस न्युजलाई बताए अनुसार ती आक्रमणहरूमा समग्रमा करिब ४० जना इरानी अधिकारीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण