अमेरिकासँग बदला लिनु हाम्रो वैध अधिकार हो : इरानी राष्ट्रपति
सारांश
- इरानका राष्ट्रपतिले खामेनीको हत्यालाई सिया समुदायविरुद्धको युद्ध भनेका छन्।
- इरानी सरकारले हत्याको बदला लिने बताउँदै योजनाकार र कार्यान्वयनकर्तालाई कारबाही गर्ने जनाएको छ।
- अमेरिका र इजरायलको संयुक्त कारबाहीमा खामेनीसहित परिवारका सदस्यको मृत्यु भएको बताइएको छ।
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेश्कियनले आफ्ना सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या विश्वभरका मुस्लिम, विशेष गरी सिया समुदायविरुद्धको खुला युद्ध भएको बताएका छन् ।
इरानी सरकारको आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी एउटा विज्ञप्तिमा राष्ट्रपति पेजेशकियनले यस ऐतिहासिक अपराधका योजनाकार र कार्यान्वयनकर्ताविरुद्ध बदला लिनु इरानको वैध कर्तव्य र अधिकार भएको बताएका हुन् ।
इरानले रक्तपातको बदला लिन आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो सबै प्रयास गर्ने उनले भनेका छन् । राष्ट्रपति पेजेशकियनको यो चेतावनी खामेनेईको हत्यापछि मध्यपूर्वमा तनाव चर्किँदै गइरहेका बेला आएको हो ।
शनिवार अमेरिका र इजरायल मिलेर इरानमाथि संयुक्त कारबाही गरेका थिए । यस क्रममा खामेनीसमेत कयौँ वरिष्ठ व्यक्तित्वहरूको मृत्यु भएको छ । मर्नेमा खामेनीका बुहारी, ज्वाइँ, नाति समेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण