बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री श्रेष्ठलाई थुनामा राख्न माग गर्दै अख्तियार सर्वोच्च अदालतमा

आइतबार, १७ फागुन २०८२, १८ : ३४
आइतबार, १७ फागुन २०८२

सारांश

  • अख्तियारले पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको छ।
  • विशेष अदालतले श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो।
  • अख्तियारले श्रेष्ठसहितको भ्रष्टाचार मुद्दामा ७८ लाख बिगो कायम गरेको छ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले श्रेष्ठलाई न्यून धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियार उक्त आदेश बदरको माग गर्दै आइतबार अख्तियार सर्वोच्च अदालत पुगेको हो । गत फागुन १० गते विशेष अदालतले ७८ लाख रुपैयाँ बिगो कायम भएको उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी रन्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने (थुनछेक) आदेश दिएको थियो । अख्तियारले उक्त ५ लाखको धरौटी आदेशलाई ’बेरीतको’ (कानुनसम्मत नभएको) दाबी गरेको छ ।

अख्तियारले रन्जिता श्रेष्ठसमेत संलग्न रहेको यस भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गरी २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप