शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपिन कार्कीको नयाँ हुलियाको चर्चा

आइतबार, १७ फागुन २०८२, १८ : ३६
आइतबार, १७ फागुन २०८२

काठमाडौँ । भर्सटायल अभिनेता विपिन कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा फोटो पोस्ट गरे, जुन सामाजिक सञ्जालमा निकै चर्चामा छ । छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने हुलियामा रहेको उक्त फोटो सेयर गर्दै विपिनले लेखेका छन्, ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन ।’

विपिनको यो नयाँ अवतार देखेपछि धेरै प्रशंसक र फिल्मकर्मीहरूले उनको अभिनय कौशलको प्रशंसा गरिरहेका छन् । उनको पोस्टले धेरै लाइक र कमेन्ट पनि पाएको छ । कतिपयले यो उनको नयाँ फिल्मको लुक्स भन्ने अनुमान गरे ।

तर, यो करिब ९ महिनाअघि नै युट्युबमा सार्वजनिक भइसकेको म्युजिक भिडियो ‘परित्याग’को तस्बिर हो । भिडियोमा विपिनले मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेको र सडकमा कष्टकर जीवन बिताउने एक पात्रको भूमिका निर्वाह गरेका थिए ।  

विपिनका अनुसार त्यही म्युजिक भिडियो छायांकनका दौरान यो तस्बिर खिचिएको हो । त्यतिबेला यसको चर्चा नभए पनि अहिले चर्चा हुँदा उनी खुसी छन् । उनी भन्छन्, ‘मोबाइलमा भेटेकाले त्यो फोटो सार्वजनिक गरेको हो ।’

विपिन अहिले फिल्म ‘काजी’ छायांकन तयारीमा छन् । त्यसअघि उनी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न आफ्नो गृहथलो मोरङ जानेछन् । उनी मोरङ क्षेत्र नम्बर ३ का मतदाता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप