‘परालको आगो’ अमेरिका र क्यानडामा पनि रिलिज हुने
आइतबार, १७ फागुन २०८२, १९ : ०४
काठमाडौँ । सौगात मल्ल र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा पनि रिलिज हुने भएको छ ।
निर्माण पक्षले फिल्म अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको जानकारी दियो । फिल्मका निर्माता सुशील पोखरेल हुन् ।
लक्ष्मण सुनारेको निर्देशन रहेको फिल्ममा सौगात र सुहानको अलवा प्रकाश सपुत मुख्य भूमिकामा छन् । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठाएको छ ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्ममा सुशील देवकोटाको लेखन छ । संकल्प भुजेलले खिचेको फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर डिजिटल राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण