सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
युएई

युएईको साइबर कानुनबारे सचेत रहन आग्रह

सोमबार, १८ फागुन २०८२, ०६ : ०१
सोमबार, १८ फागुन २०८२

सारांश

  • एनआरएनए युएईका अध्यक्षले युएईमा सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गरे।
  • उनले साइबर कानुन कडा भएकोले लापरबाही गर्दा जरिवाना र देश निकाला हुनसक्ने बताए।
  • अध्यक्षले अनुमति बिनाका भिडियो, अफवाह र संवेदनशील दृश्यहरू सेयर नगर्न अनुरोध गरे।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार र सचेत रहन आग्रह गरेका छन् । युएईको साइबर कानुन कडा रहेको उल्लेख गर्दै उनले सानो लापरबाहीले कानुनी कारबाही, जरिवाना तथा देश निकालासम्मको गम्भीर सजाय हुन सक्ने भन्दै सचेत गराएका हुन् ।

आफ्नो फेसबुकमार्फत एक सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष ठकुरीले अनुमति बिना खिचिएका भिडियो/फोटो, अप्रमाणित समाचार, अफवाहजन्य सामग्री वा दुर्घटना, झगडा जस्ता संवेदनशील दृश्यहरू सेयर नगर्न अनुरोध गरेका छन्। ‘हामी सबै परदेशमा श्रम, व्यवसाय र भविष्यका सपनाका लागि बसेका छौँ । एक क्षणको लापरबाहीले हाम्रो रोजगारी, भिसा र भविष्य नै जोखिममा पर्न सक्छ,’ उनले भनेका छन् । 

युएईको कानुनको पूर्ण पालना गर्दै आफ्नो र समुदायको भविष्य सुरक्षित गर्न सबैलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप