मध्यपूर्वको युद्धले विश्व बजारमा हलचल : कच्चा तेल र सुनको भाउमा भारी वृद्धि
सारांश
- मध्यपूर्वको सैन्य तनावका कारण कच्चा तेलको मूल्यमा वृद्धि भएको छ, सुनको भाउ बढेको छ।
- इरानमाथि आक्रमण र मिसाइल प्रहारले छिमेकी मुलुकहरूमा युद्धको जोखिम बढेको छ।
- तेलको मूल्य वृद्धिका कारण विश्वव्यापी महँगी बढ्ने र शेयर बजारमा गिरावट आउने सम्भावना छ।
सिड्नी । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ भने लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा चिनिने सुन र बण्डतर्फ आकर्षित भएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बैंकिङ क्षेत्रको त्रासले बजार पहिले नै सशंकित रहेका बेला युद्ध चर्किने संकेतले थप दबाब सिर्जना गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.४२ डलर पुगेको छ भने अमेरिकी कच्चा तेल ८.६ प्रतिशतले वृद्धि भई ७२.६१ डलर कायम भएको छ। त्यसैगरी सुनको भाउ १.४ प्रतिशतले बढेर प्रति औंस ५,३५० डलर पुगेको छ।
इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमण कम हुने संकेत नदेखिएपछि र जवाफमा इरानले पनि यस क्षेत्रभर मिसाइल प्रहार गरेपछि छिमेकी मुलुकहरू समेत युद्धमा तानिने जोखिम बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व अझै चार हप्तासम्म लम्बिन सक्ने र अमेरिकी लक्ष्य पूरा नभएसम्म आक्रमण नरोकिने संकेत दिएका छन्।
यसैबिच, विश्वको कुल तेल व्यापारको पाँचौँ हिस्सा ओगट्ने स्ट्रेट अफ हर्मुजमा सबैको ध्यान केन्द्रित भएको छ। उक्त जलमार्ग पूर्ण रूपमा बन्द नभए पनि आक्रमणको डर र बीमा सुविधाको अभावका कारण ट्याङ्करहरू अलपत्र परेका छन्।
बजार विश्लेषकहरूका अनुसार हर्मुजबाट हुने ढुवानी अवरुद्ध हुँदा दैनिक १५ मिलियन ब्यारेल तेल बजारमा पुग्न सकेको छैन। यदि तनाव तुरुन्तै कम नभए तेलको मूल्य अझै बढ्ने अनुमान गरिएको छ। तेलको मूल्यमा आउने यस्तो उछालले विश्वभर महँगी बढाउने र उपभोक्ताको क्रयशक्ति घटाउने जोखिम रहन्छ। ओपेक प्लस राष्ट्रहरूले उत्पादनमा सामान्य वृद्धि गर्ने सहमति गरे पनि उत्पादित तेल बजारसम्म पुर्याउन ट्याङ्करकै प्रयोग गर्नुपर्ने भएकाले समस्या तत्काल समाधान हुने देखिँदैन।
यो संकटको प्रभाव सेयर बजारमा पनि स्पष्ट देखिएको छ। तेलमा पूर्ण निर्भर जापानको निक्की फ्युचर्स १.१ प्रतिशतले ओरालो लागेको छ भने अमेरिकी वाल स्ट्रिटका मुख्य सूचकहरू एस एण्ड पी ५०० र नास्डाक फ्युचर्समा पनि गिरावट आएको छ। मुद्रा बजारमा डलरको तुलनामा स्वीस फ्रान्क बलियो देखिएको छ भने जापानी येन र अस्ट्रेलियन डलर कमजोर भएका छन्।
यसैबिच, बेलायतको मोर्टगेज ऋणदाता संस्था एमएफएसको पतनले बैंकिङ क्षेत्रमा थप वित्तीय असुरक्षाको त्रास फैलाएको छ, जसले लगानीकर्ताहरूलाई सरकारी बण्डतर्फ धकेल्न मद्दत पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण