तेलको मूल्य बढे पनि बजार छैन आतङ्कित
सारांश
- होर्मुज जलडमरूमा जहाजहरूमा आक्रमण भएपछि तेलको मूल्य बढेको छ।
- इरानले अमेरिका र इजरायलमाथिको आक्रमणको प्रतिक्रिया दिइरहेका बेला यो घटना भएको हो।
- विश्लेषकहरूका अनुसार आपूर्तिमा अवरोध नआएसम्म बजारमा ठूलो अस्थिरता आउने सम्भावना कम छ।
बेलायत । विश्वव्यापी तेल बजारमा सोमबार उतार–चढाव देखिएको छ । जहाजमाथि होर्मुज जलडमरू नजिक कम्तीमा तीनवटा आक्रमण भएको खबर आएपछि बजारमा आपूर्तिमा अवरोध उत्पन्न हुने हो कि भन्ने भयबिच कच्चा तेलको मूल्य उकालो लागेको हो । यी घटनाहरू इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिक्रिया स्वरूप मध्यपूर्वभर प्रहार जारी राखिरहेका बेला भएका हुन् ।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेशन्स सेन्टर (यूकेएमटीओ)का अनुसार दुईवटा जहाजमा प्रत्यक्ष प्रहार भएको छ भने तेस्रो जहाज नजिक अज्ञात प्रक्षेप्य विस्फोट भएको खबर आएको छ । इरानले जहाजहरूलाई होर्मुज जलडमरूमध्य पार नगर्न चेतावनी दिएको छ । यो जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने भएकाले स्थिति संवेदनशील मानिन्छ ।
एसियाली बजार खुलेपछि सोमबार बिहान शुरुआती कारोबारमा तेल मूल्य १० प्रतिशतभन्दा बढीले उक्लिएको थियो । तर केही समयमै वृद्धि केही घटेर स्थिर देखियो । बिहान ०२ः०० जीएमटीमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब ४ प्रतिशत बढेर प्रति ब्यारेल ७६ डलर १६ सेन्टमा पुगेको थियो । सोही समयमा अमेरिकी बजारमा कारोबार हुने तेल पनि करिब ४ प्रतिशतले बढेर ६९ डलर ६७ सेन्टमा पुगेको थियो ।
ऊर्जा अनुसन्धान संस्था एमएसटी मार्कीका प्रमुख साउल काभोनिकले भने, ‘बजार आतङ्कित भएको छैन ।’ उनका अनुसार हालसम्म कुनै पक्षले तेल ढुवानी वा उत्पादन पूर्वाधारलाई मुख्य निशाना बनाएको स्पष्ट प्रमाण नदेखिएकाले बजारमा ठुलो त्रास नफैलिएको हो । विश्लेषकहरूका अनुसार होर्मुज क्षेत्रमा सुरक्षा जोखिम बढे पनि आपूर्ति प्रणालीमा प्रत्यक्ष ठुलो अवरोध नआएसम्म तेल बजारमा तीव्र अस्थिरता देखिने सम्भावना सीमित रहन सक्नेछ । तर क्षेत्रीय तनाव बढ्दै गएमा आगामी दिनमा मूल्यमा थप उतार–चढाव हुन सक्ने चेतावनी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण