सङ्घर्षको बाटो हुँदै संसद्को दौडमा : पुजन कुमार सिंहको सिरहा–३ मा तीव्र घरदैलो अभियान
सिरहा। सिरहा निर्वाचन क्षेत्र नं–३ यतिबेला चुनावी माहोलले तातेको छ। सिरहाका चार वटै क्षेत्रमा १३८ जनाले उम्मेदवारी दिएका छन् ।
सिरहा–३ मा ४१ जनाले उम्मेदवार बनेर चुनावी मैदानमा उत्रेका छन् ।।यही माहोलबिच प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा उम्मेदवार पुजन कुमार सिंह करिब डेढ महिनादेखि निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् । गाउँ–टोल, चोक–चौतारा, बजारदेखि किसानका खेतबारीसम्म पुगेर उनी मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
वि.सं. २०४१ चैत २८ गते गोलबजार नगरपालिका–६, सिरहामा जन्मिएका सिंहले एमए तहसम्म अध्ययन गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक चेत बोकेका उनले २०५६ सालमा अखिल क्रान्तिकारीको सदस्यता लिएसँगै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। +२ अध्ययनकै क्रममा पार्टी गतिविधिमा सक्रिय बनेका उनी २०६१ सालमा विद्यार्थी सङ्गठनको जिल्ला सदस्यमा निर्वाचित भए।
२०६२/६३ को जनआन्दोलन र त्यसपछि भएको मधेस आन्दोलनले उनको राजनीतिक यात्रामा नयाँ मोड ल्यायो। आन्दोलनको ऊर्जासँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किए। २०६६ सालमा मातृका यादव नेतृत्वको समूहसँग आबद्ध हुँदै नेकपा (माओवादी) मा जिल्ला सदस्य तथा विद्यार्थी सङ्गठनको केन्द्रीय सचिवालय सदस्य बने। त्यसपछि उनी माओवादी केन्द्रको सचिवालय सदस्य, ३ हजार केन्द्रीय कमिटी सदस्य हुँदै केन्द्रीय सदस्यसम्म पुगे।
२०७० सालको २१औँ राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका सिंह विद्यार्थी सङ्गठनको मधेस प्रदेश सह–संयोजकको भूमिकामा पनि रहे। पछिल्ला वर्षहरूमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, केन्द्रीय उप–महासचिव र २०८० सालमा मधेस प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालेका उनले नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सदस्यको भूमिका समेत निर्वाह गरे।
लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका सिंहले पछिल्लो समय पुरानो पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्जको जिम्मेवारी लिएका छन्। अहिले उनी सोही पार्टीबाट सिरहा–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
चुनावी अभियानका क्रममा उनले शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, सडक तथा पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएका छन्। विशेष गरी वैदेशिक रोजगारीका कारण खाली हुँदै गएको गाउँ फर्काउने वातावरण सिर्जना गर्न उत्पादनमुखी नीति आवश्यक रहेको उनको भनाइ छ।
“सङ्घर्षबाट सिकेको राजनीति अब नीतिगत परिवर्तनमा रूपान्तरण गर्न चाहन्छु,” भन्ने नारासहित सिंह मतदातासामु पुगिरहेका छन्। उनी आफूलाई आन्दोलन, सङ्गठन र नेतृत्व अनुभव बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै विकास, सुशासन र पारदर्शितालाई मुख्य प्रतिबद्धता बताइरहेका छन्।
सिरहा–३ मा प्रतिस्पर्धा रोचक बन्दै जाँदा सिंहको सक्रिय घरदैलो, निरन्तर भेटघाट र जनसरोकारका मुद्दामाथिको जोडले चुनावी समीकरणलाई थप गतिशील बनाएको छ। अब मतदाताले उनको लामो राजनीतिक पृष्ठभूमि र नयाँ राजनीतिक यात्रालाई कत्तिको विश्वास गर्छन्, त्यो भने मतदानको परिणामले तय गरिनेछ।
_zXZIq67N1W.jpg)
_0gDplpZyTC.jpg)
_sKxmBIi5vm.jpg)
_rRk4JDEbSN.jpg)
_KZtM7CJ5ZY.jpg)
_uIKJfFGlAz.jpg)
_Z6M4QwlFfD.jpg)
_VuCDJ1MwKg.jpg)
_WCbBYPN0us.jpg)
_rgKLgBCOve.jpg)
_e96CwDq5qi.jpg)
_aSLtgq7GPI.jpg)
_KXZH5hb2Qy.jpg)
_XwplRoF6mZ.jpg)
_RGdRHZLsq8.jpg)
_qD5hji845o.jpg)
_K3Xc5SHuKj.jpg)
_qt06Swc8l1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण