‘म संसद्मा नहराउने आवाज बन्न चाहन्छु’
काठमाडौं । फागुन २१ गते नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता रिझाउने अन्तिम कसरतमा छन् । प्रमुख दलहरू कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारको चर्चा बढी हुँदा नयाँ दलका उम्मेदवार ओझेल परे झैं लाग्छ । तर उनीहरू पनि आफ्ना एजेन्डा मतदाताकहाँ बलियो गरी पुर्याउन खोजिरहेका छन् ।
रमेश आचार्य नेकपा संयुक्तबाट ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका लागि आइपुगेका उनी चुनावी प्रतिस्पर्धालाई लिएर निकै आशावादी देखिन्छन् ।
‘म स्पष्ट भिजन र एजेन्डाका साथ आएको छु । अब भनेको प्रलोभन र विभिन्न किसिमका आश्वासनमा बिक्ने समय छैन,’ उनी भन्छन्, ‘अब पार्टीभन्दा माथि रहेर जुनसुकै पार्टीमा तपाईँहरू रहनुहोस्, एकचोटि हँसिया चुनाव चिह्नमा मत लगाई मलाई संसद्मा नहराउने आवाज बनाउन आग्रह गरें ।‘
ललितपुर-२ मा २३ जना चुनावी मैदानमा छन् । त्यसमध्ये कांग्रेसका प्रेमकृष्ण महर्जन, एमालेका प्रेमबहादुर महर्जन, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्य र रास्वपाका जगदीश खरेललाई मुख्य प्रतिस्पर्धी मानिएको छ । आचार्य आफू पनि सशक्त उम्मेदवार रहेको बताउँछन् ।
‘मैले ६ खम्बे क्षेत्रीय भिजन, स्थानीय भिजन र राष्ट्रिय १५ खम्बे नीतिका साथ चुनावी मैदानमा म होमिएको छु । स्पष्ट भिजन र एजेन्डासहित चुनावी मैदानमा खट्ने र जनतासामु जाने २३ जना उम्मेदवारमध्ये एकल उम्मेदवार हुँ भनेर म आफूलाई सशक्त दाबेदारको रूपमा प्रस्तुत गरिरहेको छु,’ उनी भन्छन्, ‘आम जनताले मलाई चाहिँ विश्वास गरेर साथ-समर्थन गरिरहनुभएको छ । अब हेरौँ फागुन २१ पछि त्यसको परिणाम के आउँछ ।‘
उम्मेदवार आचार्यसँग चुनावमा केन्द्रित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण