नेपाललाई ५ वर्ष अस्थिर हुनबाट रोकौँ: प्रकाश सपुत
काठमाडौँ । गायक प्रकाश सपुतले मुलुकको अस्थिर राजनीतिलाई निकास दिन र आलोपालो कुर्सीको खेल अन्त्य गर्न नागरिकहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा रहेका सपुतले सामाजिक सञ्जालमार्फत ५ वर्षका लागि देशलाई अस्थिर हुनबाट जोगाउन अपिल गरेका हुन् ।
सपुतले सोमबार मौन अवधि सुरु हुनु अघि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कम्तिमा नेपाललाई ५ वर्षका लागि अस्थिर हुनबाट रोकौँ । आलोपालो कुर्सीको खेल बन्द गरौँ । यसका लागि आफ्नो क्षेत्रको उम्मेदवारलाई मात्रै होइन, समग्र देशको आवश्यकतालाई हेरेर मतदान गर्नुहोस् ।’ उनले नागरिकको एक भोटले स्पष्ट बहुमतसहितको स्थायी सरकार निर्माण गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ महानगरका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहसँगको संवादलाई स्मरण गर्दै सपुतले बालेन र रवि लामिछानेको समीकरणलाई नेपाली राजनीतिको सुन्दर अवसर भनेका छन् । उनले बालेनलाई वैचारिक अल्झनभन्दा माथि उठेर देशलाई गति दिने कार्यकारी प्रधानमन्त्रीका रूपमा हेर्न सकिने र रवि लामिछानेको त्यागले यसलाई थप बल पुग्ने उल्लेख गरेका छन् ।
सपुतले राजनीतिक स्थिरता र विकासका लागि नयाँ शक्तिलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण