शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘तुम्बाड २’मा नवाजुद्दीन सिद्दीकीको इन्ट्री

मङ्गलबार, १९ फागुन २०८२, १० : २०
मङ्गलबार, १९ फागुन २०८२

मुम्बई । फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा अभिनेता नवाजुद्दीन सिद्दीकीको इन्ट्री भएको छ । फिल्मका निर्माता तथा अभिनेता सोहम शाहले सामाजिक सञ्जालमार्फत बलिउडका दिग्गज अभिनेता नवाजुद्दीन सिद्दीकी ‘तुम्बाड २’ को हिस्सा बन्ने जानकारी दिए । शाहले इन्स्टाग्राममा पोस्ट साझा गर्दै नवाजुद्दीन यस प्रोजेक्टमा जोडिनु फिल्मको लागि ठूलो उपलब्धि भएको बताएका छन् ।

आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिने सिद्दीकीले सिक्वेलमा निकै महत्वपूर्ण र चुनौतीपूर्ण भूमिका निभाउनेछन् । फिल्ममा जोडिएपछि सिद्दीकीले खुसी व्यक्त गरेका छन् । 

‘म ‘तुम्बाड’ को मौलिकता र यसको कथा भन्ने शैलीको सधैं प्रशंसक रहेको छु । जब सोहमले मलाई दोस्रो भागको भिजन सुनाए, मलाई कथा निकै मनपर्यो । यति ठूलो प्रोजेक्टमा सोहम शाह र पेन स्टुडियोसँग काम गर्न पाउनु मेरा लागि उत्साहजनक छ’, उनले भने ।

सन् २०१८ मा रिलिज भएको ‘तुम्बाड’ ले आफ्नो फरक कथा र सिनेम्याटोग्राफीका कारण दर्शक र समीक्षक दुवैको मन जितेको थियो । अब यसको दोस्रो भागमा नवाजुद्दीन जस्ता कलाकार थपिएपछि फिल्मलाई लिएर अझ बढी कौतुहलता बढेको छ ।

‘तुम्बाड २’ लाई सोहम शाह फिल्मसको ब्यानरमा अभिनेता तथा निर्माता सोहम शाहले प्रस्तुत गर्न लागेका हुन् । फिल्ममा पेन स्टुडियोजको साझेदारी रहेको छ, जसको नेतृत्व दिग्गज निर्माता डा. जयन्तीलाल गडाले गरिरहेका छन् ।

पेन स्टुडियोजको फिल्म निर्माण, प्रस्तुति र विश्वव्यापी वितरणमा बलियो पकड छ । यस स्टुडियोले अहिलेसम्म ३,००० भन्दा बढी फिल्महरूमा काम गरिसकेको छ, जसमा ‘कहानी’ र ‘गंगुबाई काठियावाडी’ जस्ता चर्चित फिल्महरू समावेश छन् । साथै, पेन स्टुडियोजले विश्वव्यापी ब्लकबस्टर फिल्म ‘आरआरआर’लाई प्रस्तुत गर्नुका साथै ‘जवान’, ‘स्त्री २’ र ‘छावा’ जस्ता ठूला व्यावसायिक फिल्महरूको सफल वितरण समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप