युएई छाड्न आफ्ना नागरिकलाई क्यानडाको आग्रह
ओट्टावा । क्यानडाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडो देश छाड्न आग्रह गरेको छ । खाडी क्षेत्रका मुलुकहरूमा इरानका आक्रमण जारी रहँदा यस्तो चेतावनी जारी गरिएको हो ।
क्यानडाले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘उडानको विकल्प सुरक्षित गर्न सक्नेबित्तिकै तपाईँले संयुक्त अरब इमिरेट्स छाड्नुहोस् । हवाई क्षेत्र समय–समयमा अस्थायी तथा आंशिक रूपमा बन्द हुन सक्ने अवस्था छ ।’
यसैबिच, अस्ट्रेलियाले पनि मंगलबार यूएईका लागि आफ्नो यात्रा सल्लाह बढाउँदै ‘यात्रा नगर्नुहोस्’ भन्ने स्तरमा पुर्याएको छ । पश्चिमा मुलुकहरूको यी घोषणाहरू अमेरिकी विदेश मन्त्रालयको चेतावनीपछि आएका हुन् । मन्त्रालयले अमेरिकन नागरिकलाई मध्यपूर्वका विभिन्न देशहरूबाट ‘अहिल्यै प्रस्थान गर्न’ आह्वान गरेको थियो ।
कन्सुलर मामिलाका शीर्ष अधिकारीले सामाजिक सञ्जालमार्फत बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट उपलब्ध व्यावसायिक उडान प्रयोग गरी बाहिरिन आग्रह गरेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएनसँग कुरा गर्दै इरानविरुद्ध अमेरिकी आक्रमणको ठुलो लहर अझै आउन बाँकी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण