प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण
मङ्गलबार, १९ फागुन २०८२, १४ : ५५
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले आज सीमा क्षेत्र र मतदानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेको हो।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातदेखि नै सीमा नाका सिल गरिएको छ। अत्यावश्यक सेवासँग सम्बन्धित आवागमन बाहेक अन्य आवागमनमा रोक लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण