राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
मङ्गलबार, १९ फागुन २०८२, १५ : ००
सारांश
- निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र अनिवार्य गरेको छ।
- फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र, राहदानीलगायत पनि मान्य हुनेछन्।
- अन्तिम मतदाता नामावलीमा नाम भएका र १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउनेछन्।
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ।
यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ।
आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण