प्रतिनिधिसभा निर्वाचनः वीर अस्पतालमा द्रुत कार्यदल गठन
मङ्गलबार, १९ फागुन २०८२, १५ : १३
काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल गठन गरेको छ ।
वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन गरेको बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण