आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आगलागी

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

मङ्गलबार, १९ फागुन २०८२, १६ : ०४
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको थियो।
  • आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ, तर मानवीय क्षति भने भएको छैन।
  • आगलागीका कारण केहीबेर सडक प्रभावित भए पनि अहिले सञ्चालनमा आएको छ।

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन । 

आगलागीमा कुनै मानवीय क्षति नभएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडक प्रभावित भएको थियो । अहिले सडक सञ्चालनमा आइसकेको छ।

दाउरा थकालीका मेनेजर भूवन आचार्यले विद्युत सर्ट भएर आगलागी भएको र आगलागीका कारण छतमा बनाइएको संरचना जलेर नष्ट भएको बताए ।

फोटो : सुवास श्रेष्ठ/रातोपाटी

daura thakali (1)daura thakali (2)daura thakali (3)daura thakali (4)daura thakali (5)daura thakali (6) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप