सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुस्ताङको कोरला नाका बन्द, निर्वाचन कर्मचारीलाई अक्सिजनको व्यवस्था

मङ्गलबार, १९ फागुन २०८२, १६ : ३८
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • निर्वाचनलाई मध्यनजर गर्दै मुस्ताङको कोरला नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
  • नेपालको आग्रहमा चिनियाँ पक्षले नाका बन्द गरेको हो, जसले गर्दा दुवैतर्फ आवतजावत रोकिएको छ।
  • उच्च उचाइमा रहेका मतदान केन्द्रका कर्मचारीलाई अक्सिजनको व्यवस्था गरिएको छ।

पोखरा । निर्वाचनलाई लक्षित गरी मुस्ताङको कोरला नाका बन्द गरिएको छ । चीनको सीमा २४ नम्बर स्तम्भमा रहेको उक्त नाका ७२ घण्टाका लागि बन्द गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार, नेपालका तर्फबाट आग्रह गरेपछि चिनियाँ टोलीबाट पनि नाका बन्द भएको छ ।

‘हामीले रिक्वेस्ट गरेका थियौं । नाका बन्द भयो भनेर उताबाट पनि खबर आएको छ,’ उनले भनिन्, ‘दुबैतर्फबाट अब आवतजावत रोकियो ।’ जिल्लामा अन्य मानवीय थ्रेट नरहेको शर्माको भनाइ छ । ‘अहिलेसम्म कुनै थ्रेट नोटिस गरेका छैनौं, मुस्ताङ शान्तपूर्ण छ,’ उनले भनिन् ।

आवतजावत रोक्नका लागि बीओपी पनि सक्रिय छ । इलाका प्रहरी कार्यालय पनि सोही नाका नजिकै भएकोले दोहोरो आउजाउ नहुने उनको भनाई छ । कोरला नाकाबाट अहिले सामग्री आयात निर्यात नै हुन थालेको छ ।

उच्च उचाई भएका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई अक्सिजन समेत व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार, ३ हजार मिटर भन्दा माथिका सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई लक्षित गरेर प्रति केन्द्र ३ वटाका दरले अक्सिजन पठाइएको हो । ‘अहिले ३ वटाका दरले पठायौं । आवश्यक पर्यो भने थप गर्छौं,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप