यूएई, कतार र साउदी उडान अस्थायी रूपमा स्थगित
काठमाडौँ । क्षेत्रीय हवाई क्षेत्र प्रतिबन्धका कारण नेपाल एअरलाइन्सले यूएई, कतार र साउदी अरेबियातर्फका उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।
एयरलाइन्सका अनुसार यूएईको दुबई, कतारको दोहा र साउदी अरेबियाको दमामतर्फका उडान हाललाई रोकिएको हो । प्रतिबन्ध कायम रहेसम्म यी गन्तव्यका उडान सञ्चालन नहुने जनाइएको छ ।
उडान स्थगनबाट प्रभावित यात्रुहरूलाई सहुलियत दिन एअरलाइन्सले विशेष ‘वेभर’ नीति लागु गरेको छ । फेब्रुअरी २८ वा त्यसपछि यी तीनै ठाउँका लागि टिकट लिएका तथा उडान पुनः सञ्चालन नभएसम्म यात्रा गर्ने यात्रुका लागि निम्न व्यवस्था गरिएको जनाइएको छ ।
एकपटक मिति परिवर्तन गर्दा लाग्ने शुल्क नलिइने, ‘नो शो’ तथा रिफन्ड शुल्क माफी र सिट उपलब्धताका आधारमा ‘पहिले आउनेलाई पहिले सेवा’ प्रणालीअनुसार मिति परिवर्तन सुविधा ।
एअरलाइन्सका अनुसार यो सहुलियत यात्रा मितिभन्दा ४५ दिनभित्र प्रयोग गर्नुपर्नेछ । प्रभावित यात्रुले नेपाल एयरलाइन्सको प्रधान कार्यालय वा सम्बन्धित बिक्री कार्यालयमा सम्पर्क गर्न सक्ने पनि जनाइएको छ ।
एयरलाइन्सले सम्बन्धित निकायसँग समन्वय गर्दै अवस्था नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सामान्य हुनासाथ नियमित उडान पुनः सुरु गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण