अमेरिका–इजरायल आक्रमणविरुद्ध रूस र चीनको कूटनीतिक दबाब
सारांश
- मध्यपूर्वमा बढ्दो तनावबीच रूस र चीनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीको आलोचना गरेका छन्।
- चीनका विदेशमन्त्री वाङ यीले इजरायल र अमेरिकाद्वारा इरानविरुद्ध गरिएका कुनै पनि सैन्य प्रहारको विरोध गर्दै तत्काल सैन्य गतिविधि रोक्न आह्वान गरे।
- वाङले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाका लागि ठोस कदम चाल्न आग्रह गरे, जुन इजरायलले स्वीकार गर्यो।
बेइजिङ । मध्यपूर्वमा बढ्दो तनावबीच रूस र चीनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीको आलोचना गरेका छन् ।
मस्कोले तेहरानले आणविक हतियार विकास गरिरहेको ठोस प्रमाण आफूहरूले नदेखेको बताएको छ भने बेइजिङले तत्काल आक्रमण रोक्न माग गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले मंगलबार इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गर्दै इरानमाथिको आक्रमणप्रति कडा असन्तुष्टि जनाएका हुन् । चीनको विदेश मन्त्रालयका अनुसार उनले वासिङ्टन र तेहरानबीचको वार्ता महत्त्वपूर्ण प्रगतितर्फ उन्मुख भइरहेका बेला सैन्य कदम चालिनु दुर्भाग्यपूर्ण भएको बताए ।
वाङले भने, ‘चीन इजरायल र अमेरिकाद्वारा इरानविरुद्ध गरिएका कुनै पनि सैन्य प्रहारको विरोध गर्छ ।’ उनले तत्काल सैन्य गतिविधि रोक्न आह्वान गर्दै द्वन्द्व थप चर्किन नदिन चेतावनी दिएका छन् । ‘बल प्रयोगले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र दीर्घकालीन गम्भीर परिणाम निम्त्याउँछ,’ वाङको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।
चिनियाँ पक्षका अनुसार वार्ताका क्रममा सआरले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाका लागि ठोस कदम चाल्ने आग्रह स्वीकार गरेका थिए । यसअघि सोमबार पनि वाङले इरान, ओमान र फ्रान्सका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै वार्ता गर्दै क्षेत्रीय तनाव कम गर्ने प्रयास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण