ऊँट सुन्दरी प्रतियोगितामा प्लास्टिक सर्जरीको स्क्यान्डल, २० प्रतियोगी अयोग्य घोषित
सारांश
- ओमानमा आयोजित ऊँट सौन्दर्य प्रतियोगितामा २० वटा ऊँटलाई कृत्रिम रूपमा सुन्दर बनाइएको पाइएपछि अयोग्य घोषित गरियो।
- प्रतियोगिता जित्नका लागि ऊँट मालिकहरूले कस्मेटिक सर्जरी, फिलर, र इम्प्लान्टको प्रयोग गरेका थिए।
- कृत्रिम तरिकाले सजाइएका ऊँटको स्वास्थ्यमा गम्भीर असर पर्ने र आर्थिक स्वार्थका कारण यस्तो गरिएको पाइयो।
अल मुसान । अरब देशहरूमा ऊँटको सौन्दर्य प्रतियोगितालाई निकै प्रतिष्ठाको विषय मानिन्छ। ओमानको अल मुसाना सहरमा हालै सम्पन्न भएको २०२६ क्यामल ब्युटी शो फेस्टिभलमा ठुलो स्क्यान्डल बाहिर आएको छ।
प्रतियोगिताका क्रममा भेटेरिनरी चिकित्सकहरूले अनुसन्धान गर्दा २० वटा ऊँटलाई कृत्रिम रूपमा सुन्दर बनाइएको फेला पारेपछि उनीहरूलाई अयोग्य घोषित गरिएको छ। सदियौँदेखि चलिआएको यो परम्परामा ऊँटको चमकदार भुत्ला, लामो गर्दन, आकर्षक ओठ, लामो परेला र कसिलो थुम्कोलाई सुन्दरताको मानक मानिन्छ।
तर, पछिल्ला वर्षहरूमा जित्ने होडबाजीमा ऊँट मालिकहरूले प्रतिबन्धित कस्मेटिक सर्जरीको सहारा लिन थालेका छन्। यस वर्षको प्रतियोगितामा ऊँटको ओठमा फिलर भर्ने, अनुहारको मांसपेशी तन्काउन बोटक्स लगाउने, सिलिकन इम्प्लान्टमार्फत नाकको आकार मिलाउने र थुम्कोलाई ठुलो देखाउन हावा भर्ने जस्ता अनौठा र कृत्रिम विधिहरू प्रयोग गरिएको पाइएको छ।
किन गरिन्छ ऊँटको कस्मेटिक सर्जरी ?
यसरी ऊँटलाई कृत्रिम रूपमा सजाउनुको पछाडि ठुलो आर्थिक स्वार्थ लुकेको छ। प्रतियोगिता जित्ने ऊँटको मूल्य आकाशिने मात्र होइन, त्यसको प्रजनन अधिकार (ब्रिडिङ राइट्स) बेचेर मालिकले करोडौँ कमाउन सक्छन्। यही मोटो रकमको लोभमा परेर धेरैले अनैतिक बाटो रोज्ने गरेका छन्।
पशु चिकित्सकहरूले यस्तो कृत्रिम हस्तक्षेपले ऊँटको स्वास्थ्यमा गम्भीर असर पुग्ने चेतावनी दिएका छन् । ओठमा प्रयोग गरिने फिलरले दीर्घकालीन इन्फ्लेमेसन निम्त्याउने, हर्मोन इन्जेक्सनले प्रजनन क्षमतामा ह्रास ल्याउने र अनुहारमा लगाइने बोटक्सले ऊँटलाई खान र पानी पिउन समेत गाह्रो हुने विज्ञहरूको भनाइ छ।
रोचक कुरा त के छ भने, यो समस्या नयाँ भने होइन। पाँच वर्षअघि पनि यस्तै विवादमा परेर ४३ वटा ऊँटहरू प्रतियोगिताबाट निकालिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण