नरेन्द्र माेदीकाे फेक भिडियाे बनाई अफवाह फैलाउने एक जना पक्राउ
बुधबार, २० फागुन २०८२, १४ : ३०
सारांश
- चितवन प्रहरीले सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का नन्दप्रसाद भट्ट रहेका छन्।
- भट्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेक भिडियो बनाएर निर्वाचनलाई असर पारेका थिए।
काठमाडौँ । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रबिन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्ट रहेका छन् ।
फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रमपूर्ण अफवाह फैलाउने उद्धेश्य तथा निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर पार्ने खालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेक भिडियो बनाएकाले भट्टलाई पक्राउ गरिएको खनालले बताए।
सोही महानगरको वडा नम्बर १० बाट बुधबार पक्राउ परेका उनीमाथि छानबिन तथा थप अनुसन्धान सुरु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण