जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण
बागलुङ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।
दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । “हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन सङ्कलन गरी बजारीकरणसँगै प्रवर्द्धन गर्ने हो । वडा नं ३ मा उत्पादिन सामग्री यहाँ सङ्कलन गरिन्छ, त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समा राखेर बिक्री गर्न पठाइन्छ”, उनले भने, “कृषि सामग्री सङ्कलनका लागि घरघर जान नपरोस् भन्ने उद्देश्यले यो काम थालेका छौँ ।”
यसअघि कृषि सङ्कलन केन्द्र नहुँदा कृषि उत्पादनले बजार पाउन नसकेका बताउँदै उनले किसानलाई बिक्रीका लागि असहज हुँदै आएकामा अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले भन, “अब यसले यहाँका हरेक कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ ।”
स्थानीय भैरवप्रसाद सापकोटाले यहाँ सङ्कलन केन्द्र अतिआवश्यक रहेको बताए । उनले भने, “किसानलाई आम्दानीसँगै जोड्न तथा कृषि उत्पादनको बजारीकरणसँगै प्रवर्द्धनका लागि पनि आवश्यक थियो । ठिक ठाउँ र समयमा केन्द्र निर्माण गरी सञ्चालनमा आएपछि किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।”
कृषि पेसा गर्दै आएका उनले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गरे। “हामीले उत्पादन गरेका वस्तु सङ्कलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ”, उनले भने । उनका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण