सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, २० फागुन २०८२, १५ : ०४
सारांश
- सिन्धुलीको बीपी राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुने अन्दाजी ३५ वर्षीय व्यक्तिको सनाखत हुन सकेको छैन।
- दुर्घटना गराउने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार मध्यान्ह बा.४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज.१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुने करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले रातोपाटीलाई बताए ।
काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण