यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको चुनाव सम्बन्धी विस्तृत विवरण
काठमाडौँ । भोलि(बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी खस आर्य समुदायका उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको चुनाव सम्बन्धी विस्तृत जानकारी अनुसार समावेशी उम्मेदवारमा खस आर्यबाट ३४.५० प्रतिशत सहभागी रहेका छन्।
दोस्रोमा आदिवासी जनजातिबाट २७.३० प्रतिशत सहभागी छन् । तेस्रोमा मधेशी २४.८७ प्रतिश, चौथोमा दलित ६.७५ प्रतिशत, पाचौंमा मुस्लिम ३.९९ प्रतिशत र छैटौंमा थारु २.५८ प्रतिशत सहभागी छन् ।
आयोगका अनुसार प्रत्यक्षतर्फ तीन हजार ४०६, समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार सहभागी छन् । प्रत्यक्षतर्फ पुरुष उम्मेदवार तीन हजार १७, महिला ३८८ र अन्य एक जना सहभागी छन् ।
यस्तै समानुपातिकतर्फ पुरुष एक हजार ३६३, महिला एक हजार ७७२ उम्मेदवार सहभागी छन् । यस्तै प्रत्यक्षतर्फ ६५ र समानुपातिकतर्फ ६३ राजनीतिक दलले भाग लिएका छन् । निर्वाचन आयोगमा १३६ दलले दर्ता गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण