नयाँ पञ्चवर्षीय योजना सार्वजनिक गर्दै चीन
सारांश
- चीनले आगामी पाँच वर्षका लागि आर्थिक एजेन्डा सार्वजनिक गर्न राष्ट्रिय जनसङ्घको बैठक बोलाएको छ।
- बैठकमा १५औँ पञ्चवर्षीय योजना सार्वजनिक हुनेछ, जसमा आर्थिक चुनौतीहरू सम्हाल्ने रणनीति हुनेछ।
- प्रधानमन्त्री ली चियाङले वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै आगामी वृद्धि लक्ष्य प्रस्तुत गर्नेछन्।
बेइजिङ । चीनले आगामी सात दिनमा बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा सुरु हुने राष्ट्रिय जनसङ्घ (एनपीसी)को बैठकमा आगामी पाँच वर्षका लागि व्यापक आर्थिक एजेन्डा सार्वजनिक गर्ने तयारी गरेको छ ।
२०२६–२०३० को लागि तयार गरिएको चीनको १५औँ पञ्चवर्षीय योजना यस वर्षको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकमध्ये एक एनपीसीमा सार्वजनिक गरिनेछ । यो बैठक बिहीबारबाट सुरु भएर सामान्यतया एक सातासम्म चल्नेछ र देशभरका ३ हजार प्रतिनिधि सहभागी हुनेछन् ।
अघिल्लो पञ्चवर्षीय योजना २०२१ को मार्चमा सार्वजनिक गरिएको थियो । त्यतिबेला बेइजिङले कोभिड–१९ महामारीको असर व्यवस्थापन गरिरहेको थियो । विश्लेषकहरूका अनुसार यस पटक चीनका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका आर्थिक असर र घरेलु उपभोक्ता विश्वासको कमीलगायत नयाँ चुनौतीहरू सम्हाल्ने रणनीति स्पष्ट पार्नुपर्ने छ ।
एनपीसीसँगै चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) पनि सञ्चालन हुँदैछ, जुन बुधवारबाट सुरु भएको हो । दुई बैठकलाई संयुक्त रूपमा टु सेशन्स भनिन्छ । सीपीपीसीसीसँग कानून पारित गर्ने अधिकार छैन, तर यसले नीतिगत सुझावहरू पेस गर्न सक्छ । यसका समितिहरूले चीनको नेतृत्वलाई प्रतिपुष्टि प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
एनपीसीलाई चीनको राज्यको सर्वाेच्च सत्ता संस्था मानिन्छ । यद्यपि यो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीपी)बाट अलग छ, व्यवहारमा यसले सीसीपीका नीतिगत सिफारिसहरूलाई मार्गनिर्देशनको रूपमा पालन गर्दछ । स्वतन्त्र वेबसाइट एनपीसी अब्जर्भरका संस्थापक चाङ्हाओ वेइका अनुसार, यस वर्षको बैठकले आगामी राष्ट्रिय विकास योजना सम्बन्धी कानूनअन्तर्गत सीसीपीसँगको सम्बन्धलाई औपचारिक बनाउँदै पञ्चवर्षीय योजनाको मस्यौदा तयार गर्नेछ ।
चीनका प्रधानमन्त्री ली चियाङ ले यसै हप्तामा सरकारको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै विगत १२ महिनाको आर्थिक अवस्था र आगामी वृद्धि लक्ष्यहरू पनि प्रस्तुत गर्नेछन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार, चीनले २०२६ का लागि सकल घरेलु उत्पादन (जीडीपी) वृद्धिदर ४ दशमलव ५ देखि ५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ, साथै मुद्रास्फीति, बेरोजगारी र वित्तीय घाटालाई मध्यनजर गर्दै ब्याजदर समायोजनको सम्भावना पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण