रवि लामिछानेको फेसबुक पेजमा पुनः समस्या: नियन्त्रणमा आएको केही घण्टामै फेरि हट्यो
सारांश
- रास्वपा सभापति रवि लामिछानेको फेसबुक अकाउन्टमा पुनः समस्या देखिएको छ।
- बुधबार ह्याकरबाट फिर्ता आएको केही घण्टामै उनको फेसबुक फेरि हटाइयो।
- अकाउन्ट ह्याक भएपछि मेटाले लक गरेको र सुरक्षा कारणले फेरि लक गरेको अनुमान छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्टमा पुनः समस्या देखिएको छ । बुधबार दिउँसो मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछानेको आइडी केही घण्टामै फेरि हटेको हो ।
यसअघि मंगलबार लामिछानेको फेसबुक अकाउन्टमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि सुरक्षा संवेदनशीलताका कारण मेटाले अकाउन्ट लक गरिदिएको थियो । सो समस्या समाधान भएको दाबी गर्दै लामिछानेले बुधबार दिउँसो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका थिए, ‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु ।’
तर, उनले नियन्त्रणमा आएको घोषणा गरेको केही समयमै उनको आधिकारिक पेज पुनः फेसबुकबाट हराएको छ । सुरक्षा कारणले गर्दा फेसबुकले पुनः अकाउन्ट लक गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि लामिछानेको सचिवालयले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण