बाँकेमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज
बिहीबार, २१ फागुन २०८२, ०७ : ५९
सारांश
- बाँकेको कोहलपुर नगरपालिकामा शंकास्पद वस्तु फेला परेको थियो।
- सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ।
- निर्वाचन बिथोल्ने समूहले कुकरमा विस्फोटक पदार्थ राखेको आशंका गरिएको छ।
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरवास्थित चौधरिया गाउँमा जाने सडकमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज पारिएको छ ।
गएराति मुख्य सडकबाट ६ किलोमिटर भित्र शङ्कास्पद बस्तु भेटिएको र सो बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको बाँकेका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
निर्वाचन बिथोल्ने समूहले नहरको पुलमाथि प्लास्टिकले बेरेर कुकरमा अन्यवस्तु हालेर राखेका हुन् । बिहीबार बाँकेको ३ वटा निर्वाचन क्षेत्रका १३९ वटा मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण