बाँकेको खजुरामा भेटिएको शङ्कास्पद बस्तु सेनाद्वारा निष्क्रिय
बिहीबार, २१ फागुन २०८२, ०८ : ०५
सारांश
- बाँकेको खजुरा गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको थियो, सेनाले निष्क्रिय पारेको छ।
- निर्वाचन बिथोल्ने समूहले राखेको हुनसक्ने आशंका गरिए पनि, प्रहरीले उक्त वस्तु होक्स भएको जनाएको छ।
- प्रहरी, सशस्त्र र सेनाको संयुक्त टोलीले घटनास्थललाई सुरक्षित बनाउँदै बम डिस्पोजल टोलीको सहयोग लिएको थियो।
काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका–६ स्थित गिजरामा भेटिएको शङ्कास्पद बस्तु सेनाले निष्क्रिय पारेको छ । गएराति गिजराबाट सिमलघारी जाने भित्री सडकमा शङ्कास्पद बस्तु भेटिएको थियो ।
निर्वाचन बिथोल्न खोज्ने समूहले राखेको सो शङ्कास्पद बस्तु होक्स रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । शङ्कास्पद बस्तु भेटिएपछि इलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर केशव राज भट्ट, सशस्त्रका डीएसपी शंकर दत्त तिवारी र सेनाका सहायक हवल्दार रिक्सन थापा सहितको टोलीले घटनास्थल सुरक्षित बनाउँदै बम डिस्पोजल टोलीको सहयोगमा शङ्कास्पद बस्तु निष्क्रिय पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण