सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हर्मुज जलडमरू अवरुद्ध भए तेल मूल्य १५० डलरसम्म पुग्न सक्ने चेतावनी

बिहीबार, २१ फागुन २०८२, ०८ : १७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • मध्य पूर्वका घटनाक्रमले तेल बजारमा आपूर्ति अवरोधको चिन्ता बढाएको छ।
  • अर्थशास्त्री एड हिर्सका अनुसार हर्मुज जलडमरूमा तेल आपूर्ति अवरुद्ध भए तेलको मूल्य १५० डलरसम्म पुग्न सक्छ।
  • एलएनजीको मूल्य पहिलो दिनमै ४० प्रतिशतभन्दा बढी बढ्यो भने युरोपमा प्राकृतिक ग्यासको मूल्य दोब्बर भयो।

काठमाडौँ । मध्य  पूर्वमा पछिल्लो समय विकसित घटना क्रमले तेल बजार सशंकित बनेको छ । आपूर्तिमा अवरोध आउने हो कि भन्ने चिन्ताबिच बजारमा त्रास कायमै रहेको समयमा ऊर्जा अर्थशास्त्री एड हिर्सले हर्मुज जलडमरू हुँदै जाने तेल आपूर्ति अवरुद्ध भए विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

युनिभर्सिटी अफ ह्युस्टनका प्राध्यापक हिर्सका अनुसार अमेरिका–इजरायलको इरानविरुद्ध जारी सैन्य कारबाहीका कारण आपूर्ति अवरोध कायम रहे इन्धनको मूल्य निरन्तर बढ्नेछ । ‘यदि हर्मुज जलडमरूबाट आउने तेलको आधा आपूर्ति रोकियो, अनि अमेरिकी नौसेनाले ट्यांकरलाई सुरक्षा दिन सकेन भने केही समयका लागि तेलको मूल्य १५० डलरसम्म उफ्रिन सक्छ,’ उनले भने ।

प्राकृतिक तरल ग्याँस (एलएनजी) बजारमा यसको प्रभाव देखिन सुरु भइसकेको पनि हिर्सले बताए । उनका अनुसार पहिलो दिनमै एलएनजीको मूल्य ४० प्रतिशतभन्दा बढी बढेको छ भने सोमबार–मंगलबारको अवधिमा युरोपभर प्राकृतिक ग्यासको मूल्य झन्डै दोब्बर भएको छ। । डिजेलको मूल्य असमान रूपमा बढेको पनि उनले उल्लेख गरे । ग्यासमा निर्भर केही देशहरूले पेट्रोलियम खरिद बढाउन थालेकाले अमेरिकी केही राज्यका भविष्यका अर्डरमा असर परेको उनको भनाइ छ ।

‘यसले अमेरिकाको न्यू इङ्ग्ल्याण्ड राज्यहरूमा ठुलो प्रभाव पार्नेछ,’ उनले थपे, ‘यस्तो अवस्था आयो भने घरेलु रूपमा विशेष गरी आउँदै गरेको मध्यावधि निर्वाचनको सन्दर्भमा राष्ट्रपति ट्रम्पका लागि स्थिति निकै खराब हुन सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप