अपडेट
दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति
बिहीबार, २१ फागुन २०८२, ११ : २५
सारांश
- दोलखाको तामाकोसी गाउँपालिकामा मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ।
- सर्वदलीय बैठकले मतदान पुनः सुरु गर्ने निर्णय गरेको बागमती प्रदेशका डीआईजी दिपक रेग्मीले जानकारी दिए।
- मतदान स्थलमा खटिएका कर्मचारीमाथि हातपात भएपछि प्रहरीले हवाई फायर गरेको थियो।
काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको बागमती प्रदेशका डीआईजी दिपक रेग्मीले रातोपाटीलाई बताए ।
मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । डीआईजी रेग्मीले भने, ‘त्यहाँ मतदान सुरु गर्ने सर्वदलीय सहमति भएको छ, केहीबेरमा मतदान सुरु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण