पर्साको चार वटा निर्वाचन क्षेत्रमा कहाँ कति मत खस्यो ?
बिहीबार, २१ फागुन २०८२, १४ : ५७
वीरगञ्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा जिल्ला करिब ४० प्रतिशत मतदान भएको छ।
पर्सामा दिउँसो साढे २ बजेसम्म ४१ दशमलव ३० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाभर ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन् । जसमध्ये १ लाख ५५ हजार ५०५ मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ८९ हजार ६३८ मतदाता रहेकोमा ३८ हजार १७५ मत खसेको छ । यसैगरी क्षेत्र नम्बर २ मा ९५ हजार १२० जना मतदातामध्ये ४१ हजार ९ सय ३ मत खसेको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा ९६ हजार ५ सय ४२ मतदाता रहेकोमा ३२ हजार ४ सय २० मत खसेको छ । क्षेत्र नम्बर ४ मा ९५ हजार २ सय १३ मतदाता रहेकोमा ४२ हजार ५ सय ५३ जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
जिल्लाभरका ४४१ मतदान केन्द्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण