अपडेट
हुम्लाको हल्जीमा गुम्बामा मतपेटिका पुर्याउन माग गरेपछि विवाद
बिहीबार, २१ फागुन २०८२, १५ : ०३
सारांश
- हुम्लाको हल्जीमा स्थानीयले गुम्बामा मतपेटिका लैजान माग गर्दै मतदान अवरुद्ध पारे।
- स्थानीय लामाहरूले वारेसनामा र बिरामीको कारण देखाउँदै गुम्बामा मतपेटिका लैजान माग गरेका थिए।
- निर्वाचन आयोगले हेलिकप्टरबाट सामग्री र सुरक्षाकर्मी पठाएर मतदान गराइरहेको छ, जसमा २६४ मतदाता छन्।
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जीमा स्थानीयले गुम्बामा मतपेटिका लैजान माग राखेर मतदान अवरुद्ध गराएका छन् । हल्जीमा रहेको सुनखानी मावि मतदान केन्द्रमा स्थानीय लामाहरूले मतदानका लागि वारेसनामा पाउनुपर्ने र गुम्बामा बिरामी रहेको भन्दै मतपेटिका त्यहीँ लैजानुपर्ने भन्दै विवाद गरेका हुन् ।
सो ठाउँमा २६४ मतदाता छन् । अहिलेसम्म १६४ मत खसेको हुम्लाका डीएसपी शङ्कर खड्काले रातोपाटीलाई बताए । मतदान स्थगित नभएको तर, स्थानीयले मतपेटिका गुम्बामा लैजान माग गरेको खड्काले जानकारी दिए । सो मतदान स्थलमा हेलिकप्टरमा निर्वाचन सामग्री र सुरक्षाकर्मी लगेर आयोगले मतदान गराइरहेको छ ।
सो गाउँ रास्वपाकी उम्मेदवार टासी ल्हाजोमको गाउँ हो । त्यहाँ मतदान गराउन ६ जना कर्मचारी खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण